प्रम ओली कम्बोडियामा

तस्बिरः बिएल

प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनको औपचारिक भ्रमणका लागि आज कम्बोडिया आइपुगेका छन्।

प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गरेका थिए।

कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँको भ्रमणमा आएका हुन्।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मीलगायत छन्।

प्रधानमन्त्री ओलीले राजधानी नोम पेन्हस्थित स्वतन्त्रता सेनानीको स्मारकमा फूल अर्पण गरेका छन्।

प्रकाशित मिति: : 2019-05-13 20:08:43

प्रतिकृया दिनुहोस्