नेहा धुपियादेखि दिया मास्केसम्मलाई खाना खुवाएका 'मामा'

टेकराज पराजुली आफ्नो खाजा घरमा काम गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

पसल अगाडिको बाटोझैं व्यस्त छ टेकराज पराजुलीको दैनिकी। सिंहदरबारको पूर्वी गेट सामुन्ने धोबीखोला झर्ने सानो तर व्यस्त पिच बाटो छ। त्यही बाटोको मुखैमा दाहिनेतिर छ, उनको खाजा र खाना घर।

'मामा! दुइटा मिल्क टी...।' 'मामा! दुई ठाउँ चिउराअण्डा...।' 'मामा! एग चाउचाउ फ्राइ...।' 'एक ठाउँ भेज मःम ...।' तीनवटा अर्डर पूरा गरेपछि चौथोमा 'मामा' भन्छन्, 'मःम बनाउँदिनँ, रोटी तरकारी खानुहुन्छ त आज?' चिया, खाजा वा खाना जेसुकै अर्डर गर्नुपरोस्, पुराना ग्राहकले उनलाई मामा भनी सम्बोधन गरिरहेका हुन्छन्। उमेर सानो ठूलो जे होस्, उनी सबैका मामा। दुई-चार पटक जानुभयो भने तपाईं पनि 'मामा' नभनी बस्न सक्नुहुन्न।

 

 
प्रकाशित मिति: : 2019-09-24 13:47:48

प्रतिकृया दिनुहोस्