दुई समूहबीच भएको झडपमा बालकको ज्यान गयो

सांकेतिक तस्बिर

दुई समूहबीच भएको झडपमा बालकको ज्यान गएको छ। कैलालीस्थित लम्कीचुहा नगरपालिका–१ थपालीपुरका १३ वर्षे बालक बखत भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार असोज २० गते राति भएको झडपमा भण्डारी घाइते भएका थिए। उनको टाउको र आँखामा गम्भीर चोट लागेपछि उचारका लागि भारतको लखनउ लगिएको थियो। लखनउमा उपचारकै क्रममा भण्डारीको मृत्यु भएको हो।

घटनामा संग्लन भएको आरोपमा दुई जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–१ का बृहस्पती शाही र जिवन रावललाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2019-10-11 14:03:51

प्रतिकृया दिनुहोस्