राष्ट्रपति सीको दुई दिने नेपाल भ्रमण: होटल सोल्टीको 'चार्ज' मात्रै करिब ३३ करोड

फाइल तस्बिर

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

साँझ ५ बजे विमानस्थलमा उत्रिएपछि सी काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजा जाने छन् । सीको बसोबासको व्यवस्था ताहचलमा रहेको होटल सोल्टी होटल पूरै रिजर्भ गरिएको छ ।

सीसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नका लागि २ सय ८२ कोठा रहेको होटल नै बुक गरिएको छ । सीको सुरक्षाका लागि पूरै होटल रिजर्भ गरिएको हो भने होटलमा रहेको उपहार र अन्य पसलहरुसमेत बन्द गरिएका छन् ।

होटल व्यवस्थापकका अनुसार शुक्रबार र शनिबारका लागि होटल पूरै बुक भएको छ। होटलले उच्च पदस्थका लागि पहिल्यै बुक भएकाले केही समय अघिदेखि नै निर्धारित मितिका लागि बुकिङ लिन छाडेको थियो।

आइतबार ११ बजेसम्मका लागि चिनियाँ राष्ट्रपति सी सोल्टीमा हुने भएकाले उक्त दिनका लागि पनि होटलले बाहिरी अरू बुकिङ लिएको छैन।यद्यपी घोषणा हुनुभन्दा पहिल्यै लिइएका बुकिङ र अहिले निरन्तर बसिरहेका पाहुनालाई अरु होटलमा सारिएको होटलका एक व्यवस्थापकले जानकारी दिए।

कति पर्छ भाडा?

होटल सोल्टीको एउटा कोठाको भाडा एक दिनको सामान्य करिब १५ हजार रुपैयाँ तिर्नुपर्छ । जस अनुसार सबै कोठाको तीन दिनको भाडा करिब डेढ करोड रुपैयाँ होटललाई तिर्नुपर्ने हुन्छ । यो सामान्य भाडा दरमात्र हो ।स्रोतका अनुसार भीभीआईपीको कोठाको मूल्य भने करिब ३ गुण बढि समेत पर्ने गरेको छ ।

तर स्रोतका अनुसार करिब ३३ करोड भन्दा बढि खर्च गरिने अनुमान गरिएको छ । जसमा राष्ट्रपति विद्यादेवि भण्डारीले आयोजना गर्ने रात्रिभोजको समेत 'चार्ज' समाबेश गरिएको छ । सकारले भने कति खर्च गर्ने हो अहिलेसम्म आधिकारीक जानकारी दिएको छैन। यता कतिमा कोठा बुक गरिएको छ भन्ने कुरा पनि खुलाएको छैन ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको १९ घण्टे भ्रमण तालिका

शनिबार

दिउँसो ४ः३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

प्रकाशित मिति: : 2019-10-12 13:10:03

प्रतिकृया दिनुहोस्