युरोकप छनोट २०२०: जर्जिया र आयरल्याण्डले गोल रहित बराबरी खेले

तस्बिरः एजेन्सी

युरोकप छनोट २०२० अन्तरगत भएको खेलमा जर्जिया र आयरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

छनोट अन्तर्गत आइतबार बिहान भएको समूह चरणको खेलमा जर्जिया र आयरल्याण्डले गोल रहित बराबरी खेलेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।बराबरीसँगै समूह डीको आयरल्याण्डले ६ खेलबाट १२ अंक जोडेको छ । आयरल्याण्ड शीर्ष स्थानमा छ । ६ खेलमा ५ अंक जोडेको जर्जिया चौंथो स्थानमा छ ।

प्रकाशित मिति: : 2019-10-13 07:08:38

प्रतिकृया दिनुहोस्