राष्ट्रपति सी र नेकपा सचिवालयका नेताहरुबीचको भेटवार्ता सकियो,अब अध्यक्ष दाहालसँग एक्लै भेट्ने (भिडियाे सहित)

बिएल

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता सकिएको छ ।

होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र नेकपा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सचिवालय सदस्यहरुले सामूहिक भेटवार्ता गरेका थिए । सामूहिक भेटवार्ता सकिएलगत्तै अध्यक्ष दाहाल र सीको एक्लाएक्लै भेटवार्ता हुनेछ ।

यस्तै चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ बजे सोल्टी होटलमै एक्ला एक्लै भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता लगत्तै नेपाल-चीनका प्रतिनिधिसम्मिलित द्विपक्षीय बैठक बसी विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यतालिका छ ।

यसअघि शनिबार सीले नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्।

द्विपक्षीय वार्ता सकेर १२ बजे सी एयरपोर्टका लागि प्रस्थान गर्नेछन् भने १ बजे एयर चाइनाको विशेष विमानबाट बेइजिङका लागि उड्ने कार्यतालिका छ।

प्रकाशित मिति: : 2019-10-13 10:52:46

प्रतिकृया दिनुहोस्