चीनका राष्ट्रपति सीसँग मधेशवादी दलका नेतालाई नभेटाएपछि भट्टराई आक्रोशित

फाइल तस्बिर

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले चीनका राष्ट्रपति सी चिनफिङसँग नभेटाएको भन्दै टिप्पणी गरेका छन् । 

उनले आइतबार सामाजिक संजाल ट्वीटरमा राष्ट्रपति सीलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्ने उनले जिकिर गरेका छन् ।उनले भनेका लेखेका छन्,‘अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस् !’


उनले संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति समझदारी कार्यकारी प्रधानमन्त्रीसँग हुनुपर्ने समेत बताए ।समाजवादीका अध्यक्ष भट्टराईलाई रात्रीभोजमा मात्र निमन्त्रणा गरेको थियो । नेकपा र काँग्रेसका अध्यक्षलाई मात्र राष्ट्रपति सीले भेटेका थिए ।तर राष्ट्रिय दलमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई रात्रीभोजमा निमन्त्रणा थिएन।

प्रकाशित मिति: : 2019-10-13 17:32:51

प्रतिकृया दिनुहोस्