मादुरोले किन भने ओलीसँगको भेटलाई ‘असाधारण’ ?

काठमाडौं । नेपालमा केही महिनाअघि निकै चर्चा गरिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले कात्तिक ८ र ९ गते बाकुमा भएको असंलग्न आन्दोलनको शिखर सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।  प्रधानमन्त्री यही कात्तिक १० गते स्वदेश फर्किँदा जारी गरिएको प्रेस नोटमा मादुरोलाई गएका तीनवर्ष असंलग्न आन्दोलन (नाम)को अध्यक्षता गरेकोमा धन्यवाद दिइएको जनाइएको छ ।

मादुरोसँग ओलीको भेटघाटको तस्बिर नेपाली पक्षले सार्वजनिक नगरे पनि मादुरोले भने यही अक्टोबर २५ का दिन ट्विट गर्दै सार्वजनिक गरेका छन् । उनले स्पेनिस भाषामा त्यसमा प्रधानमन्त्री ओली र नेपालबारे केही कुरा भनेका पनि छन् । उनले भनेका छन्, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सबैभन्दा उत्कृष्ट खड्गप्रसाद शर्मा ओलीसँग असाधारण र फलदायी भेट । एक बैठक जसले हाम्रो राष्ट्रको विकासको लागि मित्रता, सम्मान र पारस्परिक सहयोगको बन्धनलाई मजबुत गर्दछ  ।’’

प्रकाशित मिति: : 2019-10-30 09:49:16

प्रतिकृया दिनुहोस्