झुट बोले कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बदन्ती बन्ने अवस्था आउँछ: अध्यक्ष प्रचण्ड

फाइल तस्बिर: बिएल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन्।

देउवाले कास्कीको चुनावी सभालाई सम्बोधन गर्दै भारतले ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका थिए।

कास्कीमै पुगेर प्रचण्डले यसरी नै झुट बोले नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बदन्ती बन्ने अवस्था आउन सक्ने बताए।

‘साह्रै तल खसेर झुट बोलेको देख्दा चिन्ता लागेको छ ।झुट बोल्न छाड्नुस्। यहि बुद्धि हो भने कांग्रेस भन्ने पार्टी थियो भन्ने किम्बदन्ती बन्न बेर छैन', उनले भने।

गिरिजाप्रसाद कोइरालाको पार्टीले यस्तो बेइमानी गर्ला भन्ने आफुलाई नलागेको भन्दै अध्यक्ष प्रचण्डले का‌ग्रेससले यति धेरै झुठो बोल्ला भन्ने विश्वास नलागेको बताए। उनले सभापति देउवालाई आत्मसमिक्षा गर्न सुझाव पनि दिए। ‘आत्म समिक्षा गर्नुस् । झुठो बोल्न छोड्नु, मेरो सुझाव छ।

उनले पहिलो चोटी नेपालमा राष्ट्रियताका विषय सिङ्गो देश एक जुट भएका बेला कांग्रेस नेताहरुले झुटको खेती गरेको भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठकमा समेत कालापानी नेपाली भूमि रहेको भन्दै सबैको एक स्वर भएका बेला कांग्रेसले भ्रम छरिरहेको बताए।

 कांग्रेसका नेताहरुले भाषण सुन्दा कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको उनले दाबी गरे।

प्रकाशित मिति: : 2019-11-27 14:09:52

प्रतिकृया दिनुहोस्