उपनिर्वाचनका लागि मतदान केन्द्र परेका विद्यालयहरू चार दिन बन्द हुने

फाइल तस्बिर: बिएल

आगामी मंसिर १४ हुने उपनिर्वाचनका लागि मतदान केन्द्र परेका विद्यालयहरू चार दिन बन्द हुने भएका छन्।

निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबारदेखि शनिबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको हो। बुधबारदेखि नै निर्वाचन आयोगले कर्मचारीलाई मतदान केन्द्रमा पठाएको छ।

साथै, उपनिर्वाचन हुने क्षेत्रका मतदान केन्द्र नपरेका विद्यालय भने सञ्चालन हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति: : 2019-11-27 15:54:24

प्रतिकृया दिनुहोस्