अर्घाखाँचीमा बस दुर्घटना, ५ जनाको मृत्यु

प्रतिकारत्मक तस्बिर

अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए।

बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2019-11-27 17:42:40

प्रतिकृया दिनुहोस्