नेपाली क्रिकेट टोलीले फेरि विश्वको पुरानो क्लब मेरिलिबोनसँग खेल्ने

फाइल तस्बिर: बिएल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेरि विश्वको पुरानो तथा चर्चित क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग इङ्यान्डको लर्ड्स मैदानमा खेल्ने भएको छ।

एमसीसीले बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै लिगेसी टुर अन्तर्गत नेपालले इङ्यान्डको भ्रमण गर्ने जानकारी दिएको छ।

नेपालले आगामी अगस्टमा लर्डस्को भ्रमण गर्नेछ। नेपाल र एमसीसीबीचको खेल अगष्ट २४ तारिखमा खेलिने बताइएको छ। नेपालले दोस्रो पटक लर्डस्को भ्रमण गर्न लागेको हो। नेपालले यसअघि सन् २०१६ मा लर्डस्को भ्रमण गरेको थियो।

त्यस बेलाको भ्रमणमा नेपालले एमसीसी र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो।

प्रकाशित मिति: : 2019-11-27 22:39:45

प्रतिकृया दिनुहोस्