ताइवानका नायकको चीनमा मृत्यु

तस्बिरः एजेन्सी

ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ।

३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए। उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश भएका थिए।

तर अचानक उनी सोको सेटबाट लडे। लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो। अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ।

चिनियाँ मिडियाका अनुसार स्थानीय समयानुसार दिउँसो २ बजे उक्त घटना भएको हो।

उनले ‘द मोर्टल इन्स्ट्रुमेन्टः सिटी अफ बोन्स’ मा अभिनय गरेका छन्।

उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ।

प्रकाशित मिति: : 2019-11-28 13:23:17

प्रतिकृया दिनुहोस्