जुम्लामा ९ वर्षीय बालकको शव फेला

बिएल

जुम्लामा एक बालकको शव फेला परेको छ। बिहीबार बिहान साढे नौ बजे सुभाश चन्दननाथ-१ डुडखोच नजिक जवा नदिमा मृत अवस्थामा फेला परेको शव पातारासि गाउँपालिका ५ लासीका ९ वर्षीय बालक सुभाश बोहोराको रहेको प्रहरीले जनाएको छ।

डिएसपी लाल बहादुर धामीका अनुसार ब्राइटफ्युचर देउली बोडीङ्गमा युकेजीमा अध्ययन बोहोरा अाइतबारबाट हराइरहेका थिए। उनको खोजी गर्दा जवा नदिमा मृत अवस्थामा फेला परेको उनले बताए।

उनका अनुसार बोहोराको शव खुट्टामा चप्पल, पिठ्युमा झोला बोकेकै अवस्था भेटिएको हाे।

शव नजिकै ठुलो ढुङ्गामा बाबुको नाम लेखेको आफन्त विष्णुभक्तले जनाए। उनका अनुसार बाबुको नाम मंगल बोहोरा हो। नाम लेखिएको ठाउँ स्पष्ट भएपनि अरु अक्षर भने प्रष्ट नदेखिएको उनले बताए।

उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ।

प्रकाशित मिति: : 2019-11-28 15:17:41

प्रतिकृया दिनुहोस्