१३ औं साग: मन्डेले दिलाए नेपाललाई पहिलो स्वर्ण

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ।

कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका हुन्।

सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे।

त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए। मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए।

यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पछि परिन्। चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन्।

योसँगै नेपालले एक स्वर्ण र १ रजत बनाएको छ।

प्रकाशित मिति: : 2019-12-02 11:16:54

प्रतिकृया दिनुहोस्