करातेमा नेपालकी अनु गुरुङलाई रजत,मनिषा चौधरीलाई कास्य

बिएल

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको ६१ केजी तौल समूह मुनि नेपालकी अनु गुरुङले रजत पदकमा सीमित बनेकी छिन्।

सातदोबाटोमा मंगलबार भएको खेलमा बंगलादेशकी हुमाइरा अख्तरसँग ५–२ अंकले हार्दै रजत पदक जितेकी हुन्।

त्यस्तै, महिलातर्फ कै ५५ केजी तौल समूह मुनि मनिषा चौधरी कास्य पदकमा सीमित भइन्। उनी बंगलादेशका मार्जन अख्त्तरसँग २–१ ले पराजित भइन्।

मनिषालाई पराजित गर्दै फाइनल पुगेकी अख्त्तरले नै पाकिस्तानकी कौसार सानालाई ४–३ अंकले हराएर स्वर्ण जितिन्।

प्रकाशित मिति: : 2019-12-03 12:30:05

प्रतिकृया दिनुहोस्