सोमपाल कामीले दिए एकै ओभरमा २२ रन

फाइल तस्बिर: बिएल

१३औं सागको क्रिकेटमा नेपालले श्रीलंकाको यू–१३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो।

उपकप्तान दीपेन्द्र सिंह ऐरी ७२ रनमा अविजित रहे। यस्तै विनोद भण्डारी २१, आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए। यता पारस खड्का एक रनमा आउट भए।

यो समाचार तयार पार्दासम्म श्रीलंकाको यू–१३ टोली ३ ओभरमा ३६ रन बनाए १ विकेट लिएको छ। सोमपाल कामीले एक ओभरमा २२ रन दिएर १ विकेट लिएका हुन्।

प्रकाशित मिति: : 2019-12-03 13:04:53

प्रतिकृया दिनुहोस्