कांग्रेसद्वारा तीन चरणको राष्ट्रिय जागरण अभियान घोषणा

तस्बिरः एजेन्सी

कांग्रेसले तीन चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यलय सानेपामा आयोजित कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले सो घोषणा गरेका हुन् । 

‘हिमाल, पहाड, तराई, मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत पहिलो चरणको अभियान ७७ जिल्लामा गरिने भएको छ । बैशाख ११ देखि जेठ ११ सम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिको उपस्थिती रहने छ । यो चरणको अभियान काठमाडौंदेखि सभापति शेरबहादुर देउवाले औपचारिक रुपमा सुरुवात गर्नेछन् ।

प्रकाशित मिति: : 2019-04-16 17:06:31

प्रतिकृया दिनुहोस्