प्रधानमन्त्री ओलीले राष्ट्रपतिको बचाउ गरिरहँदा कांग्रेसले हाल्यो संशोधन प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन्।

सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेको भन्दै सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्नु स्वभाविक र अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै बचाउ गरेका हुन्।

‘मेरो सरकार’ शब्दले राजतन्त्रातमक व्यवस्थाकै झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका दल र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्को विरोध गरेपछि पधानमन्त्री ओलीले स्पष्टीकरण दिएका हुन्।

 

प्रकाशित मिति: : 2019-05-05 07:46:45

प्रतिकृया दिनुहोस्