साउथह्याम्पटनलाई हराउँदै आर्सनल चौथो स्थानमा उक्लियो

गेट्टी इमेज

लण्डन क्लब आर्सनल ईङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ। आईतबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० गोल अन्तरले हराउँदै आर्सनलले शीर्ष चारमा अटाएको हो।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउनएलेक्जेन्ड्रे लाकाजेट र हेनरिक मेखटारियनले गोल गरे।  दुवै गोल पहिलो हाफमै भएको थियो।

खेलको छैठौं मिनेटमा एलेक्जेन्ड्रे लाकाजेटले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। हेनरिक मेखटारियनले १७ औ मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

आर्सनलले पहिलो हाफमा पाहुना टोली साउथह्याम्टनलाई दबाबमा राखेको थियो। तर,दोस्रो हाफमा घरेलु टोलीले सुधारिएको प्रदर्शन गर्‍यो। यद्यपी गोल गर्न नसक्दा लण्डन क्लबले २-० को जित निकाल्दै तालिकाको चौथो स्थानमा उक्लियो।

आर्सनल २७ खेलबाट ५३ अंक सहित तालिकाको चौथो स्थानमा छ। साउथह्याम्टन २४ अंक सहित रेलिगेशन जोनमा यथावत छ।

प्रकाशित मिति: : 2019-02-24 23:13:32

प्रतिकृया दिनुहोस्