इटालिएन सिरिएमा युभेन्टसलाई १६ अंकको अग्रता

गेट्टी इमेज

 इटालियन सिरि एमा युभेन्टसले लिग तालिकामा १६ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा बोलगानोलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६९ अंक पुर्‍याएको हो ।

दोस्रो स्थानमा रहेको नापोलीको ५३ अंक छ । पराजित भएको बोलगानो अठारौं स्थानमा छ ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको युभेन्टसका लागि पाउलो डिबालाले गरेको गोलनै निर्णायक भएको थियो। पाब्लोले ६७ औं मिनेटमा गोल गरेका थिए । क्रिस्टियानो रोनाल्डोले केही मौका पाए पनि गोल गर्न भने असफल भए।

प्रकाशित मिति: : 2019-02-24 23:18:47

प्रतिकृया दिनुहोस्