मिस्टर काठमाडौंको उपाधि रमेश कार्कीलाई

राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि विजेता नेपाल आर्मीका रमेश कार्की

नेपाल आर्मीका रमेश कार्कीले राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठनको उपाधि जितेका छन्।

प्रज्ञा भवनमा शनिबार विभिन्न ६ तौल समूहमा विजेता खेलाडीबीचको ओभरअलमा रमेश विजेता हुँदै मिस्टर काठमाडौंको उपाधि जितेका हुन्।

 ७५ केजी तौलका विजेतासमेत रहेका उनले सिटी फिटनेसका उमेश डंगोल (५५ केजी), फिटनेस ग्यारेजका अमिर थापा (६० केजी), सेप्स टु फिटनेसका विवेक विष्ट (६५ केजी), फिटनेस ग्यारेजका मिथुन लामा (७० केजी) र ग्यालेक्सी फिटनेसका ललित धिमाल (७५ केजी) लाई पछि पारेका थिए।

उपाधि विजेता रमेशले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । आफ्नो तौलका विजेता भएवापत रमेशले छुट्टै १५ हजार पाए । हरेक तौलमा शीर्ष तीन स्थानकाले क्रमशः १५, १० र ५ हजार पुरस्कार पाएका थिए।

महिला एथलेटिक्स फिजिक्समा टोटल फिटनेसकी रोजी पाख्रिन पहिलो, भक्तपुरकी सनम मुल गुठी दोस्रो र वेभ फिजिकल फिटनेसकी जस्मिन लामा तेस्रो भए । जुनियर पुरुष मिस्टर काठमाडौंमा जिमखानाका ओजेशचरण जोशी पहिलो, प्याराडाइस फिटनेसका किशोर कार्की दोस्रो र द व्यायामशालाका ऋतिक घिमिरे तेस्रो बने ।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्म फिटनेस फस्टका ईश्वर शाही, फिटनेस प्लसका विशुराम केसी र सेप्स टुका राजीव थापा तथा १७० सेन्टिमिटरमाथि जिमखानाका धिरज घर्ती, सेप्स टुका गिरीराज रोका र बडी ग्यारेजका युवक खान शीर्ष तीन स्थामा रहे ।

प्रकाशित मिति: : 2019-09-08 08:55:17

प्रतिकृया दिनुहोस्