युरो छनोटः अजरबैजानसँग बराबरीमा रोकियो क्रोएसिया

तस्बिरः एजेन्सी

विश्वकप उपविजेता क्रोएसियाले युरोकप २०२० को छनोट प्रतियोगितामा अजरबैजानसँग बराबरी अल्दै अंक बाँडेको छ।

घरेलु मैदानमा प्रभावशाली प्रभावशाली प्रदर्शन गरेको अजरवैजानले युरो छनोटमा क्रोएसियासँग एक-एक गोलको बराबरी खेल्दै पहिलो अंक हासिल गरेको हो।

समूह इ मा रहेको अजरबैजानले यसअघिका चारै खेलमा पराजय ब्यहोरेको थियो।

पाँच खेलबाट १० अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा कायमै छ। स्लोभाकीया र हंगेरी समान ९-९  अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।

बाकुस्थित बाकसेल एरिनामा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा क्रोएसिया अंक बाढ्न बाध्य भयो। खेलको ११ औं मिनेटमा कप्तान लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफमा बल पोजिसन नियन्त्रणमा राखेको घरेलु टोलीका लागि ताम्किन खालिलजादेले बराबरी गोल फर्काए। उनले रामिल सेदायवको पास सदुपयोग गरी पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरेका थिए।

दोस्रो हाफमा अजरवैजानले गोलका अन्य केही अवसर पनि खेर फालेको थियो।

प्रकाशित मिति: : 2019-09-10 08:21:16

प्रतिकृया दिनुहोस्