मिलानको लगातार दोस्रो हार

Agency

इटालियन सिरी ‘ए’ फुटबलमा घरेलु टोली टोरिनोसँग पराजित हुँदै एसी मिलानले लगातार दोस्रो हार ब्यहोरेको छ। टोरिनोको मैदानमा बिहिबार राति भएको खेलमा मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको हो ।

टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो। लोरेन्जो डि सिल्भेस्ट्रीले फल गरेपछि खेलको १८औं मिनेटमा क्रिजिस्टफ पियाटिकले पेनाल्टीमा गोल गर्दै मिलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म १-० ले अघि रहेको मिलान दोस्रो हाफमा समस्यामा परेको थियो।

टोरिनोले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा २–१ को अग्रत लियो। खेलको ७३औं मिनेटमा एन्ड्रिया बेलोटीले बराबरी गोल फर्काएका थिए। त्यही गोलमा वैकल्पिक गोलरक्षक पेप रैनाले रेफ्रीसँग अनावश्यक विवाद गरेवपछि रेफ्रीले पेपलाई रातो कार्ड देखाउँदै बेन्चबाट बाहिर पठाएको थियो।

७६औं मिनेटमा बेलोटीले गोल गर्दै मिलानलाई २–१ ले अघि बढाए। त्यसपछि गोल हुन नसक्दा टोरिनो विजयी भयो।

यो हारसँगै सिरी ‘ए’ मा मिलानको लगातार दोस्रो तथा समग्रमा तेस्रो हार हो। मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो ।

जितसँगै टोरिनो ५ खेलबाट ९ अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ। यता मिलान ५ खेलबाट ६ अंक जोडेर १३औं स्थानमा झरेको छ।

शतप्रतिशत जित निकालेको इन्टर मिलान ५ खेलबाट १५ अंक जोडेर  शीर्षस्थानमा रहेको छ । १३ अंक रहेको युभेन्टस दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-09-27 07:20:55

प्रतिकृया दिनुहोस्