डिगबहादुर मगरको ह्याट्रिकसँगै मोरङको हसन्दहमा जारी ढल्के जोवन फुटबल प्रतियोगितामा वडा नम्बर ६ ले विजयी सुरूवात गरेको छ।
मोरङको पथरी-शनिश्चरे ५ हसन्दहमा जारी हसन्दह ढल्के जोवन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार मगरको ह्याट्रिक प्रेरित खेलमा वडा नम्बर १ लाई ३-० ले हराउँदै वडा नं. ६ सेमिफाइनलमा पुगेको छ।
अमर सिंह मावीको खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ६ लाई जिताउन मगर एक्लैले तीनै गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलको ६ नम्बरले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्यो।
पहिलो हाफमा वडा नं. १ ले केही दबावमा राखे पनिराम्रा गोल गर्ने अवसर गुमाएको थियो। आजको खेलको म्यान अफ द म्याच मगर भए।
साविकको हसन्दह गाविसका ९ वटा वडाबिचमा सुरु शनिबार वडा नं. २ र ३ बिच हुने प्रतियोगिता आयोजक हसन्दह स्पोर्टिङ क्लबका अध्यक्ष डेविट खड्काले जानकारी दिए।
३० वर्ष उमेर नाघेका खेलाडीले मात्रै भाग लिन पाउने
प्रतियोगिताको फाइनल असोज १८ गते फुलपातिका दिन हुनेछ।
बिजेताले २० केजीको खसी र उपविजेताले १५ केजीको खसी साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने आयोजकले जानकारी दिएको छ।