प्रिमियर लिग: चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

प्रिमियर लिग फुटबलको चेल्सीले अर्काे जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–१ गोल अन्तरले हराउँदै चेल्सीले अर्काे जित हात पारेको हो ।

चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पोलिसिकले समान एक एक गोल गरे । यता वाटफोर्डका लागि एक मात्रै गोल जेरार्ड डेउलोफ्युले गरे ।

अब्राहमले खेलको पाँचौ मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए ।पोलिसिकले ५५ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर पारेका थिए ।

८० औ मिनेटमा जेरार्ड डेउलोफ्युले पेनाल्टीमा गोल गर्दै वार्टफोर्डलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ११ खेलबाट २३ अंक जोडेको छ । वाटफोर्ड ५ अंक सहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: : 2019-11-03 07:19:01

प्रतिकृया दिनुहोस्