१३ औं साग: महिला भलिबलमा नेपालकाे विजयी सुरुवात (भिडियोसहित)

बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो।

 बंगलादेशविरुद्ध नेपालले पहिलो सेट २५-९ ले सहजै जितेको थियो। 

यस्तै दोस्रो सेटमा पनि २५-९ मा जित निकालेको नेपालले अन्तिम सेट २५-११ ले आफ्नो बनाउदै बंगलादेशविरुद्ध एक पक्षिय जित निकालेको हो।

जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ। 

 

प्रकाशित मिति: : 2019-11-27 16:44:52

प्रतिकृया दिनुहोस्