बैज्ञानिकहरूले बनाए 'टाइम मसिन'

AGENCY

वर्षौदेखि खोजमा संलग्न बैज्ञानिकहरुले टाइम मसिनको निर्माण गरेको दावी गरेका छन।

साइन्स फिक्सनमा देख्दै आएको टाइम मेसिन बनिसकेको नयाँ खवर बाहिर आएको छ। रूस बैज्ञानिकहरूले क्वान्टन कम्प्युटरमार्फत टाइम मसिनको डमोस्ट्रेसन गरेको बताइएको छ। रूसको मस्को युनिभर्सीटी अफ फिजीक्स एण्ड टेक्नोलोजीका बैज्ञानिकहरूले स्वीटजरल्याण्ड तथा अमेरिकाका बैज्ञानिकहरूसँग मिलेर टाइम मसिन बनाएका हुन।


यो मेसिनको निर्माणका लागी क्वान्टम कम्प्युटरको प्रयोग गरिएको बताइएको छ। रूसका बैज्ञानिकहरुले गरेको दावी अनुसार अहिले बनाइएको टाइम मेसिनले समयलाइ पछाडी लैजाने छ। तर यो मेसिनले मिली सेकेण्डका लागि समयलाइ मात्र पछाडी लैजान सक्ने क्षमता राख्छ। बैज्ञानिकहरुले अगाडी बताएका छन 'हामीले फिल्ममा देखेजस्तै यो मेसिनले मान्छेको पुरै समय पछाडी लैजाने छैन। तर भविश्यमा गर्न सकिने खोजका लागी यो मेशीनले अझ बढी मद्दत पुर्याउने छ।'


रूसका बैज्ञानिकहरुले गरेको दावी अनुसार फिजिक्सको नियमलाई यो खोजले चुनौती दिएको छ। मस्को इंस्टिट्यूट अफ फिजिक्स एण्ड टेक्नोलोजी का हेड डा। गार्डे लेज्विकले बताएका छन 'हामीले आर्टीफिसियल स्टेट तयार गरेका छौ। यो मार्फत हाम्रो प्रयोग लागु हुने छ।' 

प्रकाशित मिति: : 2019-03-14 02:24:39

प्रतिकृया दिनुहोस्