सरकारले ‘पारमाणविक’ शव्द हटाएर रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी मात्र कानुन बनाउने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल । फाइल तस्बिर

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले ‘पारमाणविक’ शव्द हटाएर रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी मात्र कानुन बनाउने बताएका छन् ।

आइतबारको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पोखरेलले विधेयकबाट पारमाणविक शब्द हटाउने र आजै संशोधित विधेयक पेश गर्ने बताए ।

नेपालमा पारमाणविक भट्टी बनाउने उद्देश्यले कानुन बनाउन लागिएको भन्दै ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’को आलोचना हुँदै आएको छ ।

यद्यपि मन्त्री पोखरेलले नेपाललाई आणविक राष्ट्र बनाउने उद्देश्य र सोच नभएको बताएका छन्। उनले मलेसियाले सुरुमा रेडियोधर्मीसम्बन्धी कानुन बनाएको र पछि न्युक्लियरसम्बन्धी कानुन बनाएको उदाहरण दिँदै अनुसन्धानका लागि नेपालले यससम्बन्धी कानुन बनाउन ढिलाइ गर्न नहुने बताए ।

प्रकाशित मिति: : 2019-09-15 13:54:24

प्रतिकृया दिनुहोस्