फेसबुकले गर्‍यो आफ्नो नयाँ लोगो सार्वजनिक

तस्बिरः एजेन्सी

फेसबुकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको यो लोगोमा फेसबुक शब्दका सबै अक्षरहरु क्यापिटल लेटरमा सार्वजनिक गरिएको छ ।

फेसबुकले नीलो, हरियो र गुलावी गरी तीन रंगमा नयाँ लोगो सार्वजनिक गरेको हो । नीलो रंग फेसबुकका लागि, हरियो रंग ह्वाट्याप र गुलावी रंग इन्स्टाग्रामका लागि छुट्टाइएको छ ।

यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको छैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि प्रयोग गरिने छ ।

प्रकाशित मिति: : 2019-11-05 14:53:55

प्रतिकृया दिनुहोस्