फेसबुक लाइभसम्बन्धी नयाँ नीति घोषणा: प्रयोगकर्तामाथि कडा निगरानी

फेसबुक लाइभका नाममा जे पायो त्यही लाइभ नगर्नुहोला है, परिएला नि फन्दामा ! तस्वीर: फेसबुक

फेसबुकले प्रत्यक्ष प्रसारण गर्ने नाममा जे पायो त्यही प्रसारण हुन थालेपछि त्यस क्रमलाई नियनत्रण गर्न नयाँ नियम घोषणा गगरेको छ। नयाँ नियममा प्रत्यक्ष प्रसारण गर्ने प्रयोगकर्ताको सुक्ष्म निगरानी गरी नीतिविपरीत सामग्री प्रसारण गरेमा प्रत्यक्ष प्रसारण गर्न नसक्ने र अन्तत: प्रयोगकर्ताको अकाउण्ट नै कालाोसूचीमा राखिने छ।आवश्यकताअनुसार त्यस्ता प्रयोगकर्ताको व्यक्तिगत जानकारी सम्बन्धित मुलुकको कानुन कार्यान्वयन गर्ने निकायलाई दिन सकिने पनि नयाँ नियममा समावेशस गरिएको बताइएको छ।

न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकमाथि प्रत्यक्ष प्रसारणसम्बन्धि कडा नीति ल्याउन चौतर्फि दबाब बढेको थियो। 

यसैबीच फेसबुकले स्वचालित रूपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइएका सामग्री पहिचान गर्ने नयाँ अनुसन्धानका लागि साढे सात करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ।

इन्टरनेटमा उग्रवादलाई प्रोत्साहन दिने खाले सामग्री सम्बन्धी समस्याको समाधानको खोजी गर्न पेरिसमा हुन लागेको एउटा सम्मेलनअघि सो उपाय अघि सारिएको हो।

सम्मेलनको अध्यक्षता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले गर्दैछन्।

सम्मेलनले सामाजिक सञ्जालको प्रयोगबाट आतंकवादी गतिविधिको योजना र घटनाको प्रचारप्रसार हुन नदिन भइरहेका अन्तर्राष्ट्रिय प्रयासलाई संयोजन गर्ने लक्ष्य राखेको छ।सम्मेलनमा युरोप, क्यानडा र मध्यपूर्वी देशका नेता तथा फेसबुक, गुगल र ट्विटरजस्ता सामाजिक सञ्जालसम्बन्धी कम्पनीका उच्चअधिकारी सहभागी हुनेछन्।

 

प्रकाशित मिति: : 2019-05-15 23:05:07

प्रतिकृया दिनुहोस्