आगामी वर्षदेखि नेपालीका हातमा पनि 'ई-पासपोर्ट'

नेपालमा आगामी वर्षदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याइने भएको छ। सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०६६/७७ को बजेट सार्वजनिक गर्दै यस्तो जनाकारी दिएका हुन्। 

अहिले नेपालमा मिटर रिडेबल पेपर पासपोर्ट प्रचलनमा छ। यसलाई आगामी वर्षदेखि इलेक्ट्रोनिक पासपोर्टले प्रतिस्थापन गरिने लागिएको हो ।

दुईतिहाई बहुमतको सरकारले ल्याएको योजना लागू नहोला भन्न सकिन्न।यदि यो लागु भयो भने अब नेपालीले मिटर रिडेबल पेपर पासपोर्ट बोक्ने युग सकिने भएको छ। 

विश्वका धेरै विकसित राष्ट्रहरूले ई-पासपोर्ट प्रचलनमा ल्याइसेका छन्।  

के हो ई-पासपोर्ट ?

ई-पासपोर्टमा एउटा इलेक्ट्रोनिक चिप्स हुन्छ। यही चिप्समा पासपोर्टवाहकका सबै व्यक्तिगत विवरणहरू राखिएका हुन्छन्। पासपोर्टबाहकको नाम, जन्ममितिलगायतका व्यक्तिगत विवरणहरू यही चिप्समा हुन्छन्। कुनै ई-पासपोर्टमा हातको औंठाछाप पनि राखिएको हुन्छ। 

प्रकाशित मिति: : 2019-05-30 02:00:45

प्रतिकृया दिनुहोस्