एपलमा आउँदैछन्- २० नयाँ इमोजी : बन्दैछ- थप विविधतामैत्री

एपलले आफूलाई थप अपांगतामैत्री बनाउने योजनाअनुसार केही नयाँ इमोजीहरूको घोषणा गरेको छ । उसको योजनामा अहिले २० वटा नयाँ इमोजी जारी गर्ने र वर्षको अन्त्यतिर थप इमोजी घोषणा गर्ने रहेको छ । यसपटकको सूचीमा ह्वीलचेयरमा बसेको व्यक्ति, छडीको सहारामा हिँडिरहेका व्यक्तिहरू र सुन्ने क्षमता कम भएका व्यक्तिले प्रयोग गर्ने सुन्ने मेसिन आदि रहेका छन् । 

विश्व इमोजी दिवसको अवसरमा उसले यस्तो घोषणा गरेको हो । 

विविधतालाई धेरै तरिकाले ग्रहण गर्ने एपलको मूल्यमान्यता अनुसार यसो गरिएको एपलले जनाएको छ । उसका अनुसार यी नयाँ इमोजीहरूले किबोर्डमा भएको ठूलो खाडललाई पनि पुर्नेछन् । 

एपलको नयाँ इमोजीको प्रस्ताव युनिकोड कन्सोर्टियमले स्वीकृत गरिसकेको छ । 

एपलले जारी गरेको नयाँ इमोजीको सूची यस्तो छ - 

  • दृष्टिविहीनले प्रयोग गर्ने कुकुर
  • छडीको सहाराले हिँडिरहेका पुरुष र महिला
  • आफू बहिरा व्यक्ति भएको सङ्केत गरिरहेका पुरुष र महिला
  • सुन्ने क्षमता अभिवृद्धि गर्ने मेसिनसहितको कान
  • ह्वीलचेयरमा बसेका पुरुष र महिला
  • अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न तालिमप्राप्त कुकुर
  • कृत्रिम हात
  • कृत्रिम खुट्टा
  • हात मिलाइरहेको इमोजीमा विभिन्न रङ्ग जनाउने हातहरू
  • हाई गरिरहेको अनुहार
  • केही जनावरहरू
  • लसुन, वाफल, बटर र बरफको टुक्राजस्ता खानेकुरा
  • प्यारासुट, यो यो र चङ्गा
  • सुरक्षा ज्याकेट र पौडी पोशाक
प्रकाशित मिति: : 2019-07-18 23:43:50

प्रतिकृया दिनुहोस्