सुआरेज र काभानी चम्केपछि इक्वेडरलाई ४ गोल उपहार

Agency

दुई स्टार स्ट्राइकर इडिन्सन काभानी र लुइस सुआरेज चम्केपछि उरुग्वेले यस वर्षको कोपा अमेरिका कपको सुरुवात उत्कृष्ट ढंगले गरेको छ। उसले इक्वेडरलाई ४–० गोलले पराजित गर्यो।

आइतबार राती भएको खेलमा मार्सेलो लोडेरोले खेल सुरु भएको ६ मिनेटमै गोल गरेका थिए। यस्तै, काभानीले ३३ र सुआरेजले ४४ मिनेटमा गोल गरेपछि उरुग्वेले पहिलो हाफमै ३–० को अग्रता बनाइसकेको थियो।

७८ मिनेटमा अर्टुरो मिनाले आफ्नै गोल पोस्टमा आत्मघाती गोल गरेपछि इक्वेडर ४ गोलले पराजित भयो। उरुग्वेले अर्को खेल एसियाको अर्को शक्ति राष्ट्र जापानसँग २० जुनमा खेल्नेछ।

प्रकाशित मिति: : 2019-06-17 15:17:42

प्रतिकृया दिनुहोस्