कुवेतसँग आज नेपाल भिड्दै, प्रशिक्षक याेहानको अग्नि परीक्षा

बिएल

सन् २००२ कतारमा आयाेजना हुने फिफा विश्व कपअर्न्तगत आज नेपाल दोस्रो चरणको छनाेट खेलका लागि मैदानमा उत्रिदै‌छ। नेपाली समयअनुसार राति १०ः४५ बजे शुरु हुने छनाेटमा नेपाल घरेलु कुवेतसँग प्रतिस्पर्धामा उत्रिँदैछ। 

अबे खेलअर्न्तगत नेपाल कुवेतकाे जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा उत्रिँदा सारा नेपालीकाे ध्यान नेपाली खेलाडीकाे प्रर्दशनमा गएर टिक्नेछ। नेपालभन्दा बरियतामा ४ स्थानमात्र माथि रहेकाे कुवेतसँग गत चैतमा नेपालले दुईवटा मैत्रीपूर्ण खेल खेलेकाे थियाे। जसमा पहिलाे खेल गाेलरहित बराबरी र दाेस्राे खेलमा नेपाल १–० ले पराजित भएकाे थियाे। 

नेपालले कुवेतसँग ६ वटा खेल खेलेकाे छ। जसमा कुनै खेल नेपालले जितेकाे छैन। सबै खेलमा नेपाल पराजित भएकाे छ। त्यसैले आजकाे खेल नेपालका लागि बदला लिने अवसर पनि हाे। सन् १९८२ मा विश्व कपमा सहभागी भइसकेकाे नेपालले त्यही वर्ष भारतकाे नयाँ दिल्लीमा आयाेजना भएकाे एसियन गेम्समा पहिलाे पटक खेलेकाे थियाे। साे खेलमा नेपालका वाइवी घलेले गाेल हाने पनि नेपाल ३–१ ले पराजित भएकाे थियाे। सन् १९८६ को एशियन गेम्समा नेपाल ५–०, सन् १९९४ काे एशियन गेम्समा ८–०, सन् २००० काे एशियन गेम्समा ५–० गोल अन्तरले पराजित भएकाे थियाे। 

नेपाल विश्व कप छनोटमा समूह ‘बी’मा छ। नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन्। गाेलकिपर किरण चेम्जाेङकाे कप्तानीमा उत्रिन लागेकाे नेपाल युवा जाेशका साथ मैदानमा उत्रिँदैछ। विदेशी प्रशिक्षक याेहान कालिन्सकाे लागि आजकाे प्रतिस्पर्धा निकै चुनाैतिपर्ण मानिएकाे छ। उनकाे प्रशिक्षणमै नेपालले कुवेतलाई मैत्रीपूर्ण खेलमै गाेलरहित बराबरीमा राेकेकाे थियाे। 

नेपाली टाेली:

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल  

मिडफिल्डर: रोहित चन्द, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई

फरवार्ड: विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ 



प्रकाशित मिति: : 2019-09-05 14:02:27

प्रतिकृया दिनुहोस्