युरोपा लिग: युनाइटेडको कठिन जित, १७ वर्षिय ग्रीनवूड बने नायक

तस्बिरः एजेन्सी

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरूवात गरेको छ ।

बिहिबार राती भएको खेलमा युनाइटेडले एस्टानालाई १–० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो।युनाइटेडको जितमा १७ वर्षिय म्यासन ग्रीनवूडले एक मात्रै गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा युनाइटेडले दोस्रो हाफमा गोल गरेको हो ।दोस्रो हाफको ७३ औं मिनेटमा युनाइटेडका लागि ग्रीनवूडले गर्दै १–० को अग्रता कायम गरेको हो । उनले युनाइटेडका लागि सिनियर टोलिबाट गरेको यो पहिलो गोल हो ।

बाँकी समयमा एस्टाना खेलमा फर्किन नसक्दा युनाइटेडले अंक तालिकामा स्पष्ट तीन अंक हात पार्यो ।

 

प्रकाशित मिति: : 2019-09-20 08:18:41

प्रतिकृया दिनुहोस्