प्रिमियर लिगः टोट्टनहामलाई लेस्टरको झट्का, म्यानचेस्टर सिटी तालिकाको दोस्रो स्थानमा

तस्बिरः एजेन्सी

इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली टोट्टनहामलाई लेस्टर सिटीको झट्का लागेको छ । लेस्टरका घरेलु मैदानमा शनिबार बेलुका भएको खेलमा लेस्टरले टोट्टनहामलाइ २–१ गोलले हराएको हो ।

लेस्टरको जितमा जेम्स मेडिसन र रिकार्डो पेरेराले समान एकएक गोल गरेका थिए ।टोटनहृयामका लागि भने एक मात्रै गोल ह्यारी केनले गोल गरेका थिए । खेलको २९औं मिनेटमा केनले गोल गर्दै टोट्टनहामलाई अग्रता दिलाएका थिए । उनकै गोल मार्फत टोटनह्यामले पहिलो हाफसम्म १–०को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा लेस्टर खेलमा फर्कियो ।उसका लागि पेरेराले खेलको ६९ औं मिनेटमा पेरेराले बराबरी गोल गरे ।त्यसपछि निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी छँदा मेडिसनले गोल गर्दै घरेलु टोलीलाई ३ अंक दिलाएका छन् ।

जितसँगै लेस्टरले ६ खेलबाट ११ अंक बनाएको छ । टोट्टनहामको समान खेलबाट आठ अंक छ । जारी लिगमा अपराजित रहेको लिभरपुल १५ अंकका साथ शीर्ष स्थानमा छ भने १० अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । सिटीले आजै हुने खेलमा जित हात पारे फेरि दोस्रो स्थानमा स्थान बनाउने छ 

 

प्रकाशित मिति: : 2019-09-21 21:51:47

प्रतिकृया दिनुहोस्