प्रिमियर लिग: सिटीद्वारा वार्टफोर्डमाथि गोलको वर्षा, सिल्भाले गरे ह्याट्रिक

तस्बिरः एजेन्सी

इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली म्यानचेस्टर सिटीले वार्टफोर्ड माथि गोलको बर्षा गरेको छ । शनिबार भएको खेलमा वार्टफोर्डलाई ८–० को विशाल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्डो सिल्भाले ह्याट्रिक गरे। उनले खेलको १५, ४८ र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन्।

खेलमा सिटीले पहिलो मिनेट नबित्दै ५२ औं सेकेण्डमा पहिलो गोल गरेको थियो। उसका लागि सो गोल डेविड सिल्वाले गरे।

 त्यसपछि खेलको पहिलो हाफको ७ औं मिनेटमा सर्जियो अग्युरोले पेनाल्टीमार्फत दोश्रो गोल गरे। सिटीका लागि १२ औं मिनेटमा रियाद महरेजले तेश्रो गोल गरे भने १५ औं मिनेटमा सिल्वाले टोलीका लागि चौथो गोल गरे। १८ औं मिनेटमा निकोलास ओतामेन्डीले टोलीका लागि पाँचौ गोल गरे।

त्यसपछि बाँकी ३ गोल खेलको ४८, ६० र र ८५ औं मिनेटमा भयो। जसमा ४८ र ६० औं मिनेटको गोल सिल्वाबाट भयो भने आठौं गोल केविन डि ब्राउनले गोल गरे।

वाट्फोर्डलाई ८–० ले पराजित गरेको सिटीले म्यानचेस्टर युनाइटेडले बनाएको सर्वाधिक फराकिलो जितको कीर्तिमान भने भंग गर्न सकेन्। युनाइटेडले सन् १९९५ मा इप्सविचलाई ९–० को फराकिलो हार चखाएको थियो।

जितसँगै जारी इङ्लिश प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा रहेको लिभरपुल निकट दोश्रो स्थानमा पुगेको छ। लिभरपुल १५ अंक सहित लिगको शीर्ष स्थानमा छ। सिटीको १३ अंक रहेको छ।

प्रकाशित मिति: : 2019-09-22 07:39:01

प्रतिकृया दिनुहोस्