यू–१८ साफ च्याम्पियनसिप: नेपालले आज समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै

फाइल तस्बिर

यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।हलचोकस्थित एपीएफको खेल मैदानमा आज (आइतबार) हुने दिउँसो तीन बजे सुरु हुनेछ ।

यसअघि उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । यदि भुटानमाथि जित हात पारे खण्डमा नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

नेपालले यो संस्करणको पनि उपाधि जित्दै ह्याट्रिक बनाउने लक्ष्यमा छ । यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।

प्रकाशित मिति: : 2019-09-22 08:17:37

प्रतिकृया दिनुहोस्