ट्रम्पको संकटकाल बिरुद्धमा १६ राज्यद्वारा मुद्धा दर्ता

AP

क्यालिफोर्निया र अन्य १४ राज्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय संकटकालको घोषणा गर्ने सम्बन्धि फैसलाको बिरुद्धमा मुद्धा दर्ता गराएका छन्।

महान्यायधिवक्ता लेतितिया जेम्सले सोमबार दर्ता गरेको मुद्धामा भनेका छन्,“सैन्य निर्माण एवं अन्य कार्यक्रमका लागि प्रयोग गरिने कोषलाई अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन खर्च गर्नाले न्यूयोर्कको सार्वजनिक सुरक्षामा खतरा आउन सक्छ।”

यो मुद्धामा समावेश सबै राज्यका महान्याधिवक्ता डेमोत्र्याट हुन्। ट्रम्पले शुक्रबार संकटकालको घोषणा गरेका थिए। संकटकालको घोषणापछि कंग्रेसको सहमतीबिनानै पर्खाल बनाउनकका लागि अर्बौ डलर प्रयोग गर्न सकिन्छ। ट्रम्पले यसो गरेर संकट पैदा गरेको र उनको घोषणा असंवैधानिक एवं गैरकानुनी भएको दर्ता गरिएको मुद्धामा उल्लेख गरिएको छ।

यो भन्दा पहिले एक शीर्ष सल्लाहकारले कंग्रेसले मेक्सिकोको सीमामा पर्खाल बनाउने ट्रम्पको घोषणा खारेज गरेमा ट्रम्पले भिटो प्रयोग गर्न सक्ने संकेत दिएका थिए।

ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टेफेन मिलरले फक्स न्यूज सन्डेलाई राष्ट्रपति राष्ट्रिय संकटकालको आफ्नो घोषणाको बचाउ गर्ने बताएका थिए। के ट्रम्प साच्चैनै भिटो प्रयोग गर्न जादैछन् भनि सोधिएक प्रस्नमा उनले भने,“उनी वास्तवमै राष्ट्रिय आपतकालको आफ्नो घोषणको बचाउ गर्न जादैछन।”

 

प्रकाशित मिति: : 2019-02-20 00:53:03

प्रतिकृया दिनुहोस्