तेक्वान्दोमा स्वर्ण दिलाउन सफल बीरबहादुर महराले देउडा गाएर आफ्नो सफलताको उत्सव मनाएका छन्।
उनले बिएल नेपाली सेवालाई अन्तर्वार्ता दिने क्रममा देउडा गाएर खुसी मनाए। बीरबहादुरले भारत र पाकिस्तान जस्ता बलिया प्रतिद्धन्द्धीलाई पराजित गर्दै उपाधि जितेका थिए। उनले सेमिफाइनलमा भारत र फाइनलमा पाकिस्तानलाई पराजित गरेका थिए।
डोटी स्थायी घर भएका बीरबहादुर हाल महेन्द्रनगरमा बसेर तेक्वान्दोको अभ्यास गर्छन। उनको यो दोस्रो साग सहभागिता थियो।