कुनै बेला माओवादी जनयुद्धमा होम्मिएकी अनुपमा मगरले दक्षिण एसियाको सबैभन्दा ठूलो खेल मेला १३ औं सागमा करातेको कुमुते खुलातर्फ स्वर्ण पदक जितेकी छिन्।
माओावादी शान्ति प्रक्रियामा फर्किएपछि पिएलए स्पोर्टसमार्फत खेलकुदमा आवद्ध यी खेलाडीले बुधबार सातदोबाटोस्थित कराते हलमा भएको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ को स्कोरमा हराएपछि देशका लागि स्वर्ण जित्ने इतिहास रचिन्। नर्गिस गत वर्षकाे एसियाडमा कास्य पदक विजेता हुन्।
हाल मोडलिङमा पनि सक्रिय अनुपमा विगत ७ वर्षदेखि करातेमा सक्रिय थिइन। ‘गुरुहरूको विश्वास पुरा गर्न सकेकोमा खुसी छु,’ कुनैबेला उदयपुरमा माओवादी जनयुद्धमा सक्रिय अनुपमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने पहिलो माओवादी लडाकू हुन्। उनले अर्काे खेलमा एघाराैं सागकी स्वर्ण पदकधारी श्रीलंकाकी कुलाथुङ्गा विजेकुनलाई ७–४ काे स्काेरमा पराजित गरिन्।
‘म निकै खुसी छु,’ बिएल नेपाली सेवासँगको अन्तर्वार्तामा उनले भनिन्। राष्ट्रिय टोलीका प्रशिक्षक राजेश श्रेष्ठले पनि अनुपमाको सफलतामा खुसी व्यक्त गरे। २० वर्षअघि काठमाडौंमै आयोजना भएको आठौं सागमा खेलाडीको रुपमा नेपाललाई स्वर्ण दिलाएका राजेश प्रशिक्षकको रुपमा सफलता पाउँदा झन् दंग थिए।
सागकी स्वर्ण पदकधारी अनुपमा र प्रशिक्षक राजेशसँग बिएल नेपाली सेवाले गरेको भिडियो अन्तर्वार्ताः