भारतका दुई स्टार बक्सर मेरी कोम र शिव थापा आएनन् साग खेल्न

Agency

भारतका दुई बक्सिङ स्टार मेरी कोम र शिव थापा काठमाडौंमा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिन आएनन्।

शुक्रबारदेखि बक्सिङतर्फको स्पर्धा सुरु भएको छ। मेरी कोमले ४ वर्षअघि भारतको गुवाहाटीमा भएको १२ औं सागमा ५१ केजीतर्फ स्वर्ण जितेकी थिइन। यस्तै नेपालीभाषी शिव थापाले पनि १२ औं सागमा स्वर्ण जितेका थिए। यी दुबै भारतका ‘हाइप्रोफाइल’ बक्सर हुन्। २०१२ मा लन्डनमा ओलम्पिक खेलिसकेका शिव बेन्टमवेटतर्फ विश्वको तेस्रो वरियताका खेलाडी हुन्।

कोमले लन्डन ओलम्पिकमा फ्लाइवेटमा भारतलाई कास्य दिलाएकी थिइन। उनको जीवनीमा आधारित भएर फिल्म पनि निर्माण भइसकेको छ।

प्रकाशित मिति: : 2019-12-06 17:56:41

प्रतिकृया दिनुहोस्