कमजोर आर्थिक अवस्थाले नर्स बन्ने सपना हापेःँ रजत बिजेता पुष्पा भण्डारी (भिडियो अन्तर्वार्तासहित)

तस्बिरः बिएल नेपाली सेवा

एथलेटिक्सको महिला म्याराथनतर्फ ऐतिहासिक रजत पदक जितेकी पुष्पा भण्डारी कुनै बेला चिकित्सक बन्न चाहन्थिन्। उनी फ्लोरेन्स नाइन्टिगलबाट सानोमा निकै प्रभावित थिइन। त्यसैले उनी चिकित्सक बनेर समाजसेवा गर्न चाहन्थिन्।

तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण नर्स बन्ने सपना बीचैमा हापेको र जीवनमा कहिल्यै नसोचिएको खेलकुदतर्फ मोडिएको रोचक कथा उनले बिएल नेपाली सेवालाई सुनाइन्।

आइतबार उनी बसेको ठमेलस्थित होटल यात्रीमा पुग्दा भन्दै थिइन्, ‘मेरो पठाई पनि राम्रो थियो। सल्यानमा पढ्दा जे विषयमा पनि प्रथम हुन्थेँ। त्यसैले सबैले भन्थे। यसले केही न केही गर्छे।’

तर, आफू शिक्षाभन्दा पनि खेलकुदमा लागेर इतिहास रचेको भन्दै उनी दंग परिन्। ‘जीवनमा नसोचिएको कुरा हुँदो रहेछ,’ उनले भनिन्। ४ वर्षअघि भारतको गुवाहाटीमा भएको १२ औं सागमा उनी पदकबिहिन बनेकी थिइन्।

यसपालि रजत जितेर इतिहास बनाएपछि बुवाआमा औधी खुसी भएको उनले सुनाइन्। १२ कक्षाको पढाई पुरा गरेर खेलकुदमा सक्रिय हुँदा पढाइ बीचैमा छुटेको बताउँदै उनले भनिन्, ‘मौका पाए अध्ययन पुरा गर्ने सोच छ।’

उनले बिएल नेपाली सेवालाई दिएको विशेष भिडियो अन्तर्वार्ता यसप्रकार रहेको छः

प्रकाशित मिति: : 2019-12-08 15:11:33

प्रतिकृया दिनुहोस्