केही वर्षअघि आफ्नो बुवाको सपना पुरा गर्न दीपक अधिकारी नेपाल आर्मीमा प्रवेश गरेका थिए। त्यति बेलासम्म उनलाई खेलकुद कुन चरीको नाम हो, त्यो पनि थाहा थिएन। तर, अहिले उनको परिचय फेरिएको छ। उनी १० किलोमिटरमा कास्य जित्ने खेलाडी बन्न पुगेका छन्।
उनी एक वर्षअघि मात्र सक्रिय रूपले मध्यदूरीको दौडमा समावेश भएका थिए। यति छोटो अवधिमै साग गेम्समा पदक जितेपछि उनको हौसला बुलन्द भएको छ। उनले अब दौडलाई झन् बढी समयदिने बताएका छन्।
बिएल नेपाली सेवालाई भिडियो अन्तर्वार्ता दिनेक्रममा उनले भने, ‘म कसरी खेलाडी बने मलाई नै अचम्म लागिरहेको छ।’ उनको बुवा पनि पूर्व नेपाल आर्मी हुन्। १३ औं सागमा कास्य जितेपछि उनीसँग गरिएको अन्तर्वार्ताः