सागको बक्सिङमा अहिलेसम्मकै सर्वाधिक ९ नेपाली खेलाडी फाइनलमा

१३ औं सागअन्तर्गत बक्सिङतर्फको खेलमा नेपाल पहिलो पल्ट ९ जना फाइनलमा प्रवेश गरेका छन्। महिलातर्फ ५ र पुरुषतर्फ ४ जना फाइनल पुगेका छन्। फाइनल खेल सोमबारदेखि सुरु हुनेछ।

२० वर्षअघि काठमाडौंमै आयोजना भएको आठौं सागमा नेपालका ७ बक्सर फाइनल प्रवेश गरेका थिए। यस पालि १६ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। जसमा १५ खेलाडीले पदक पाउने पक्का भइसकेको छ। बक्सिङ प्रशिक्षक डम्बर भट्ट सागमा ९ जना खेलाडी फाइनल पुग्नुलाई ऐतिहासिक मान्छन्। ‘आठौंमा ७ जना पुगेका थिए र २ वटा स्वर्ण पदक प्राप्त भएको थियो। यस पालि त्यो कीर्तिमानलाई भंग गर्ने अवसर जुरेको छ,’ उनले बिएल नेपाली सेवासँग भने।

प्रकाशित मिति: : 2019-12-08 19:16:52

प्रतिकृया दिनुहोस्