बहराईनसँग नेपाल बराबरीमा राेकियाे

नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनको राष्ट्रिय महिला टिमसँग बराबरी खेलेको छ।

बिहिबार राति भएको खेलमा नेपालले घरेलु टिमसँग १–१ गोलको बराबरी खेलेको हो। नेपालको लागि सविता राना मगरले एक गोल गरिन्।

यससँगै तीन मैत्रीपूर्ण खेलका लागि बहराईन पुगेको नेपाली टोलीले २ जित र १ बराबरी खेलेको छ।

नेपालले पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बहराईनलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो।

यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बहराईनलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। नेपालको जितमा कप्तान सरु लिम्बु, दिल कुमारी राना रेखा पौडेलले एक एक गोल गरेकी थिइन्।

प्रकाशित मिति: : 2019-12-20 21:40:21

प्रतिकृया दिनुहोस्