नागरिकता संशोधन विधेयकः उत्तर प्रदेशमा ११ को मृत्यु, आज बिहार बन्द

तस्बिर : एजेन्सी

नागरिकता संशोधन विधेयकको विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारी माथि भारतीय प्रहरीले हस्तक्षेप गर्दा उत्तर प्रदेशमा ११ जनाको निधन भएको छ। 

शुक्रबार उत्तर प्रदेशको थुप्रै जिल्लामा विधेयकको विरोधमा प्रदर्शन भएको थियो। प्रहरीले नियन्त्रण बाहिर गएको भीडलाई नियन्त्रणमा राख्ने क्रममा ११ जनाको मृत्यु भएको बताएको छ। 

उत्तर प्रदेशका डिजिपी ओपी सिंहले मेरठमा ३, बिजनौर र फिरोजाबादमा २–२, मुजफ्फरनगर, वाराणासी, कानपुर र संभलमा १–१ जनाको निधन भएको बताएका छन्। 

सत्तारुढ भारतीय जनता पार्टीको विधार्थी संगठन विधेयकको समर्थनमा प्रदर्शनमा उत्रिएपछि स्थिति झन् तनावग्रस्त भएको छ। बिहारमा राष्ट्रिय जनता दल (आरजेडी) ले शनिबार बन्दको आब्हान गरेको छ।

नेपाली भाषीको बाहुल्य रहेको आसाममा लामो समयपछि शुक्रबारबाट टेलिफोन सेवा सुचारु गरिएको छ। विधेयकको विरोधमा आसाममा लामो समयदेखि विरोध भइरहेको थियो। जसका कारण सरकारले आसाममा सञ्चार सुविधा बन्द गरेको थियो। 

प्रकाशित मिति: : 2019-12-22 01:13:13

प्रतिकृया दिनुहोस्