इंग्लिस प्रिमियर लिग: आर्सनल एर्भटनसँग गोल रहित बराबरीमा रोकियाे

बिएल संवाददाता

काठमाडाैं,पुस ५

इंग्लिस प्रिमियर लिगमा आर्सनल एर्भटनसँग गोल रहित बराबरीमा रोकिएको छ।

शनिबार घरेलु मैदानमा एभर्टनले आर्सनललाई गोल रहित बराबरीमा रोकेको हो। आर्सनल र एर्भटनले थुप्रै मौका सिर्जना गरेपनि गोल गर्न भने सकेनन्। 

एर्भटन मार्को सिल्भालाई बर्खास्त गरेपछि कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरेर मैदान उत्रिएको थियो।

६० वर्षीय प्रशिक्षक एन्सेलोटीलाई एभर्टनले शनिबार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

एभर्टनले एन्सेलोटीसँग साढे चार वर्षको सम्झौता गरेका छन्। इटालियन प्रशिक्षक एन्सेलोटी हालै नापोलीबाट बर्खास्तमा परेका थिए। क्लबलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्राएलगत्तै उनी बर्खास्तीमा परेका थिए।

तीन पटक च्याम्पियन्स लिग जितिसकेका एन्सेलोटी साढे ८ वर्षपछि प्रिमियर लिग फर्किएका हुन्।

उनी जुन २००९ देखि २०११ मेसम्म चेल्सीमा थिए। त्यसपछि पेरिस सेन्ट जर्मेन, रियल मड्रिड, बार्यज म्युनिख हुँदै नापोली पुगेका थिए। अब फेरि प्रिमियर लिग फर्किएका छन्।

प्रकाशित मिति: : 2019-12-22 08:54:04

प्रतिकृया दिनुहोस्