साविक विजेता बार्सिलोनाको शानदार जित

बिएल संवाददाता

काठमाडाैं,पुस ५

साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा अलाभेसलाई पराजित गरेको छ।

शनिबार बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा भएको खेलमा अलाभेस ४–० गोल अन्तरले पराजित भएको हो। 

बार्सिलोनाको लागि खेलको १४ औं मिनेटमा नै एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए। त्यस्तै खेलको पहिला हाफको इन्जुरी समयमा  आर्टुरो भिडालले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफ २ गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो। यस्तै १ गोल भने खायो।

खेलको ५६ औं मिनेटमा अल्भासका पोन्सले गोल गर्दै अग्रता २–१ मा झारे। 

६९ औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता ३–० पुर्याए। यस्तै ७५ औं मिनेटमा लुइस स्वारेजले पेनाल्टी मार्फत गोल गर्दै ४–१ को सानदार जित दिलाए।

जितसँगै बार्सिलोनले १८ खेलबाट ३६ अकं जोडेको छ। बार्सिलोनाले रियल मड्रिडसँग अंकदूरी ३ बनाएको छ। लिगको तेस्रो स्थानमा सेभिल्ला छ। सेभिल्लाको ३३ अंक रहेको छ। 

यता पराजित अलाभेस भने १९ अंकको साथ लिगको १४ औं स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2019-12-22 11:18:18

प्रतिकृया दिनुहोस्